जफत सवारीसाधन ३० दिनभित्र नलगे लिलामी गरिने

दोहा। कतारको ट्राफिक विभागले तीन महिनाभन्दा बढी समयदेखि जफत अवस्थामा रहेका सवारीसाधनका धनीलाई आवश्यक प्रक्रिया पूरा गरी ३० दिनभित्र आफ्नो सवारीसाधन फिर्ता लैजान आग्रह गरेको छ। यो सूचना अगस्ट ९, २०२६ देखि लागू हुनेछ।

विभागका अनुसार सवारीधनीले इन्डस्ट्रियल एरियास्थित सवारी जफत शाखामा पुगेर बाँकी ट्राफिक जरिवाना, भण्डारण शुल्क तथा अन्य आवश्यक प्रक्रिया पूरा गरेपछि आफ्नो सवारीसाधन फिर्ता लिन सक्नेछन्।

ट्राफिक विभागले तोकिएको ३० दिनभित्र सवारीसाधन फिर्ता नलिए प्रचलित कानुनअनुसार ती सवारीसाधन लिलामी गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button