गर्मी फेरि बढ्ने

दोहा। कतार मौसम विभागले आइतबार रातिदेखि अगस्ट १८, मंगलबार बिहानसम्म देशभर सापेक्षिक आर्द्रता बढ्ने पूर्वानुमान गरेको छ। बढ्दो आर्द्रताका कारण केही क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।
मौसमका कारण सडकमा दृश्यता २ किलोमिटरभन्दा कम हुन सक्ने र केही समयमा दृश्यता लगभग शून्यसम्म पुग्न सक्ने भएकाले मौसम विभागले सर्वसाधारण तथा विशेषगरी सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
विभागले कुहिरो लागेका बेला सवारी चलाउँदा गति कम गर्न, अगाडि र पछाडिका बत्ती प्रयोग गर्न तथा अगाडिको सवारीसाधनसँग पर्याप्त दूरी कायम गर्न सुझाव दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
6
मनपर्यो
3
खुसी लाग्यो
7
दुःख लाग्यो
1
रुन मन लाग्यो
1
हाँसो लाग्यो
0
रीस उठ्यो