सुहैल मौसम सुरु हुँदै, कतारमा गर्मी क्रमशः घट्ने

दोहा। कतार क्यालेन्डर हाउसका अनुसार अगस्ट २४ देखि ‘सुहैल’ मौसम सुरु हुँदैछ। यो मौसम करिब ५३ दिनसम्म रहनेछ र यससँगै गर्मीको तीव्रता क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।
विशेषगरी रातिको तापक्रम क्रमशः कम हुँदै जाने र मौसममा मौसमी परिवर्तन देखिने जनाइएको छ। सुहैल मौसमलाई तर्फा, जब्हा, जुब्रा र सरफा गरी चार चरणमा विभाजन गरिएको छ।
यसको अर्थ अगस्ट २४ पछि तुरुन्तै गर्मी सकिन्छ भन्ने होइन। दिनको समयमा अझै धेरै गर्मी हुन सक्छ, तर समयसँगै गर्मीको तीव्रता घट्दै जाने र रातहरू तुलनात्मक रूपमा चिसिँदै जाने अपेक्षा हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
13
मनपर्यो
14
खुसी लाग्यो
1
दुःख लाग्यो
1
रुन मन लाग्यो
1
हाँसो लाग्यो
0
रीस उठ्यो