हिमालय एयरलाइन्सले इनफ्लाइट खाना परिवर्तन गर्ने

हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर १, २०२६ देखि इनफ्लाइट खाना सेवामा परिवर्तन गर्ने भएको छ। एयरलाइन्सले उडानमा यात्रुलाई दिँदै आएको निःशुल्क तातो खानाको सट्टा अब ड्राइ स्न्याक्स उपलब्ध गराउने जनाएको छ।

नयाँ व्यवस्थाअनुसार उडानका क्रममा पूरा खाना खान चाहने यात्रुले ‘प्रि-बुक मील’ सेवा प्रयोग गर्नुपर्नेछ। यात्रुले यात्रा गर्नुअघि नै आफ्नो रोजाइको खाना छनोट गरी अतिरिक्त शुल्क तिरेर बुक गर्न सक्नेछन्।

एयरलाइन्सका अनुसार यो परिवर्तन सेप्टेम्बर १ देखि लागू हुनेछ। यात्रुलाई नयाँ व्यवस्थाबारे जानकारी दिँदै हिमालय एयरलाइन्सले यात्रुको निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
81
दुःख लाग्यो
रुन मन लाग्यो
4
रुन मन लाग्यो
हाँसो लाग्यो
11
हाँसो लाग्यो
रीस उठ्यो
124
रीस उठ्यो
Back to top button