कतारमा लाइसेन्सबिना सवारी चलाए ३ वर्षसम्म जेल वा ५० हजार रियालसम्म जरिवाना
दोहा: कतारको आन्तरिक मन्त्रालयले वैध ड्राइभिङ लाइसेन्सबिना सवारी चलाउनु ट्राफिक कानुनको उल्लङ्घन भएको भन्दै चालकलाई कडा कारबाही हुने चेतावनी दिएको छ।
कतारको ट्राफिक कानुनको धारा ९४ अनुसार लाइसेन्सबिना सवारी चलाएको कसुरमा कम्तीमा १ महिनादेखि बढीमा ३ वर्षसम्म कैद, वा १० हजारदेखि ५० हजार कतारी रियालसम्म जरिवाना, वा दुवै सजाय हुन सक्छ।
मन्त्रालयले लाइसेन्सबिना सवारी चलाउँदा चालक मात्र नभई सडकमा रहेका अन्य व्यक्तिको सुरक्षामा समेत जोखिम पर्ने भन्दै सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो