कतारी अमिरद्वारा नेपालमा बाढीपहिरोका पीडितप्रति समवेदना

दोहा: कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
अमिरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै बाढीपहिरोमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका हुन्। उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो