कतारमा ऋण प्रमाणित गर्न व्हाट्सएप सन्देश र भ्वाइस म्यासेज प्रयोग गर्न सकिने

दोहा। कतारमा कसैलाई दिएको ऋण प्रमाणित गर्न लिखित कागजात मात्र आवश्यक नपर्ने भएको छ। कानुनविद्का अनुसार विद्युतीय माध्यम जस्तै फेसबुक,टेलिग्राम, व्हाट्सएप लगायतको सन्देश, कुराकानी वा भ्वाइस म्यासेजमा ऋण स्वीकार गरेको प्रमाण पनि रकम दाबी गर्न महत्वपूर्ण प्रमाणका रूपमा प्रयोग हुन सक्छ।
तर व्हाट्सएप सन्देश वा भ्वाइस म्यासेज मात्र हुनु पर्याप्त हुँदैन। उक्त सन्देश वा रेकर्डिङ वास्तवमै ऋणी व्यक्तिले पठाएको हो भन्ने पुष्टि, साथै ऋणको रकम, स्रोत र विवरण स्पष्ट रूपमा प्रमाणित हुनुपर्ने कानुनी प्रावधान रहेको बताइएको छ।
कानुनविद्ले कसैलाई पैसा दिँदा सम्भव भएसम्म ऋणसम्बन्धी लिखित प्रमाण राख्न सुझाव दिएका छन्। प्रमाण नराख्दा पछि रकम फिर्ता माग्ने क्रममा कानुनी विवाद उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
2
मनपर्यो
13
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो