कतारमा घरको प्रवेशद्वार रोक्ने गरी पार्किङ गरे ३०० रियाल जरिवाना

दोहा — कतारको आन्तरिक मन्त्रालयले घर तथा भवनका प्रवेशद्वार वा बाहिरिने बाटो अवरुद्ध हुने गरी सवारीसाधन पार्किङ नगर्न चालकहरूलाई चेतावनी दिएको छ।
मन्त्रालयका अनुसार ट्राफिक कानुनको धारा ७८ अन्तर्गत घरको प्रवेशद्वार अगाडि पार्किङ गर्नु ट्राफिक उल्लंघन हो। यस्तो उल्लंघन गरेमा ३०० कतारी रियाल जरिवाना र चालकको रेकर्डमा ३ ट्राफिक पोइन्ट थपिनेछ।
मन्त्रालयलेयस्तो पार्किङले घरमा रहेका मानिसको सवारीसाधन आवतजावतमा बाधा पुर्याउनुका साथै अरूको अधिकार र सुविधामा समेत असर गर्ने जनाएको छ। त्यसैले पार्किङ गर्दा प्रवेश तथा निकास मार्ग खुला राख्न मन्त्रालयले आग्रह गरेको छ।
कानुनी प्रावधानअनुसार घर, ग्यारेज, पेट्रोल स्टेसन, अस्पताल, एम्बुलेन्स तथा दमकल केन्द्रलगायतका प्रवेशद्वार र निकास अगाडि अनुमति बिना पार्किङ गर्न पाइँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
6
मनपर्यो
1
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो