कतारमा बाहिर निस्कँदा आईडी बोक्न आग्रह

नक्कली प्रहरीबाट सावधान रहन आह्वान

दोहा — कतारको आन्तरिक मन्त्रालयले नागरिक तथा बासिन्दालाई सार्वजनिक स्थानमा जाँदा वैध कतारी परिचयपत्र वा त्यसको डिजिटल प्रति साथमा राख्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार दुर्घटना वा आकस्मिक अवस्थामा व्यक्तिको पहिचान छिटो खुलाउन परिचयपत्र आवश्यक पर्न सक्छ। भौतिक परिचयपत्र साथमा नभए मेट्राश एप मार्फत वा डिजिटल प्रति बाट पनि पहिचान गर्न सकिने बताइएको छ।

मन्त्रालयका अधिकारी लेफ्टिनेन्ट अब्दुलरहमान अब्दुल्लाह अल–मारीका अनुसार परिचयपत्र नभएको अवस्थामा औँठाछापमार्फत समेत पहिचान गर्न सकिन्छ। तर आवश्यक परेमा पहिचान खुलाउन नसक्ने व्यक्तिलाई थप अनुसन्धानका लागि सम्बन्धित विभागमा पठाउन सकिने उनले बताएका छन्।

नक्कली प्रहरीबाट सावधान

मन्त्रालयले आफूलाई प्रहरी भन्दै सम्पर्क गर्ने व्यक्तिप्रति पनि सावधानी अपनाउन आग्रह गरेको छ। सादा पोसाकमा आएका व्यक्तिले आफू प्रहरी भएको बताएमा परिचयपत्र देखाउन आग्रह गर्न मन्त्रालयले सुझाव दिएको छ।
प्रहरी भएको दाबी गर्ने व्यक्तिले परिचयपत्र देखाउन नमानेमा वा उसको पहिचानप्रति शंका लागेमा ९९९ मा सम्पर्क गरी जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार वास्तविक प्रहरी परिचयपत्रमा प्रहरीको नाम, तस्बिर तथा सम्बन्धित विभागको विवरण उल्लेख हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
79
मनपर्‍यो
खुसी लाग्यो
63
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button