नेपाल एयरलाइन्सको दोहा–काठमाडौं उडान एक दिन पछि सर्‍यो

दोहा — नेपाल एयरलाइन्सले विमानमा देखिएको प्राविधिक समस्याका कारण काठमाडौं–दोहा र दोहा–काठमाडौं उडानको तालिका परिवर्तन गरेको छ।

एयरलाइन्सका अनुसार १४ सेप्टेम्बरमा निर्धारित आरए–२५३ (काठमाडौं–दोहा) उडान अब १५ सेप्टेम्बर राति ११ बजे सञ्चालन हुनेछ।

त्यसैगरी, १५ सेप्टेम्बरका लागि निर्धारित आरए–२५४ (दोहा–काठमाडौं) उडान १६ सेप्टेम्बर बिहान २ः४५ बजेका लागि पुनःनिर्धारण गरिएको छ।

प्राविधिक समस्याका कारण उडान तालिका परिवर्तन गर्नुपरेको भन्दै नेपाल एयरलाइन्सले यात्रुमा परेको असुविधाप्रति क्षमायाचना गरेको छ। नयाँ यात्रामिति वा उपलब्ध वैकल्पिक व्यवस्थाका लागि सम्बन्धित यात्रुलाई एयरलाइन्सको आरक्षण तथा बिक्री टोलीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button