कतारमा बाहिरी कामको दिउँसोको समय प्रतिबन्ध आजदेखि समाप्त

दोहा — कतारमा गर्मीका कारण बाहिरी क्षेत्रमा काम गर्ने श्रमिकका लागि लागू गरिएको दिउँसोको कामसम्बन्धी समय प्रतिबन्ध आज सेप्टेम्बर १५ देखि समाप्त भएको छ। श्रम मन्त्रालयले रोजगारदातालाई श्रमिकको सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आवश्यक सावधानी भने निरन्तर अपनाउन आग्रह गरेको छ।

मन्त्रालयको निर्णयअनुसार प्रत्येक वर्ष जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म खुला तथा प्रत्यक्ष घाममा काम गर्न रोक लगाइन्छ। यो व्यवस्था गर्मीका कारण हुने स्वास्थ्य जोखिम तथा तापघातबाट श्रमिकलाई जोगाउन लागू गरिएको हो।

अब उक्त समय प्रतिबन्ध समाप्त भए पनि अत्यधिक गर्मी, आद्रता वा तापसम्बन्धी जोखिम देखिएमा श्रमिकको स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button