कतारमा गर्मीसम्बन्धी नियम उल्लंघन गर्ने ६४४ घटना, ३८८ कार्यस्थल बन्द

दोहा — कतारको श्रम मन्त्रालयले सन् २०२६ मा सञ्चालन गरेको गर्मीजन्य जोखिम न्यूनीकरण अभियानअन्तर्गत ६४४ वटा उल्लंघन फेला पारेको र नियम पालना नगर्ने ३८८ कार्यस्थल बन्द गरेको जनाएको छ।

मन्त्रालयका अनुसार अभियानका क्रममा १ हजार ६३८ पटक कार्यस्थल निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा श्रमिकलाई गर्मीबाट जोगाउने तथा व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेका कार्यस्थलमाथि कारबाही गरिएको हो।

अभियानअन्तर्गत ५२२ वटा स्थलगत सचेतनामूलक भ्रमण र ३० वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। यी कार्यक्रमबाट ३ हजार ५५५ जना लाभान्वित भएका थिए।
त्यस्तै, ५५ कम्पनी सचेतना तथा रोकथामसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए भने १ हजार ७२ वटा सचेतनामूलक सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कार्यस्थलमा गर्मीका कारण हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सुरक्षा मापदण्डको पालना तथा श्रमिकमा सचेतना अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
27
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button