युएईमा राहदानी अब घरमै डेलिभरी हुने

दुबई — नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेको राहदानी लिन महावाणिज्यदूतावाससम्म आउन नसक्ने सेवाग्राहीका लागि इमिरेट्स पोस्टमार्फत सम्बन्धित ठेगानामा राहदानी डेलिभरीको व्यवस्था गरेको जनाएको छ।

महावाणिज्यदूतावासका अनुसार समय तथा यात्रा खर्चका कारण राहदानी लिन कार्यालयमा आउन कठिन हुने सेवाग्राहीले राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिएपछि डेलिभरी फाराम भरी इमिरेट्स पोस्टमार्फत राहदानी प्राप्त गर्ने व्यवस्था मिलाउन सक्नेछन्।

राहदानी तयार भएपछि डेलिभरीका लागि इमिरेट्स पोस्टलाई बुझाउनुपर्नेछ। डेलिभरीका क्रममा सेवाग्राहीले १५ दिराम शुल्क (भ्याटसहित १५.७५ दिराम) तिर्नुपर्नेछ। महावाणिज्यदूतावासले यो सेवा ऐच्छिक रहेको र आवश्यक पर्ने सेवाग्राहीले मात्र प्रयोग गर्न सक्ने जनाएको छ।

यो व्यवस्था दुबईस्थित नेपाली महावाणिज्यदूतावासले २५ सेप्टेम्बर २०२६ देखि लागू गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button