कतारमा अनलाइन ब्ल्याकमेल गरे ३ वर्षसम्म जेल, १ लाख रियालसम्म जरिवाना

दोहा — कतारको गृह मन्त्रालयले अनलाइन ब्ल्याकमेल तथा धम्की गम्भीर साइबर अपराध भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार, सूचना प्रविधि वा इन्टरनेटको प्रयोग गरी कसैलाई धम्की दिने वा आफूले चाहेको काम गर्न अथवा कुनै काम नगर्न बाध्य पार्ने प्रयास गरेमा ३ वर्षसम्म कैद वा १ लाख कतारी रियालसम्म जरिवाना, वा दुवैमध्ये कुनै एक सजाय हुन सक्छ। यो व्यवस्था साइबर अपराध रोकथामसम्बन्धी कानुनको धारा ९ मा उल्लेख छ।

गृह मन्त्रालयले आयोजना गरेको साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रममा आर्थिक तथा विद्युतीय अपराध रोकथाम विभागका अधिकारीले ब्ल्याकमेल, अनलाइन ठगी, ह्याकिङ, धम्की तथा अफवाह फैलाउनेजस्ता गतिविधिबारे जानकारी दिएका थिए।

ब्ल्याकमेलमा परेमा ढिलाइ नगरी सम्बन्धित निकायमा उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ। ढिला गर्दा डिजिटल प्रमाण हराउन वा परिवर्तन हुन सक्ने भएकाले समयमै रिपोर्ट गर्नु अनुसन्धानका लागि महत्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बलियो पासवर्ड प्रयोग गर्ने, नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने, दुई तहको सुरक्षा प्रणाली (टुएफए) सक्रिय गर्ने तथा अपरिचित लिंक र सन्देश नखोल्न पनि सुझाव दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button