अक्टोबरको लागि इन्धनको नयाँ मूल्य सार्वजनिक

दोहा — कतार इनर्जीले अक्टोबर २०२६ का लागि इन्धनको नयाँ मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य अक्टोबर १ देखि लागू हुनेछ।

अक्टोबरमा प्रिमियम पेट्रोलको मूल्य प्रतिलिटर २ रियालबाट घटेर १.९५ रियाल कायम गरिएको छ। सुपर पेट्रोल र डिजेलको मूल्यमा भने परिवर्तन गरिएको छैन। सुपर पेट्रोल प्रतिलिटर २.१० रियाल र डिजेल प्रतिलिटर २.०५ रियाल नै रहनेछ।

यसअनुसार अक्टोबरको इन्धन मूल्य:

  • प्रिमियम पेट्रोल: १.९५ रियाल प्रतिलिटर
  • सुपर पेट्रोल: २.१० रियाल प्रतिलिटर
  • डिजेल: २.०५ रियाल प्रतिलिटर

कतारमा अन्तर्राष्ट्रिय बजारसँग समायोजन गरी मासिक इन्धन मूल्य निर्धारण गरिँदै आएको छ र सन् २०१७ सेप्टेम्बरदेखि कतार इनर्जीले हरेक महिनाको मूल्य सार्वजनिक गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
22
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button