एसियाली खेलकुदको झण्डा दोहालाई हस्तान्तरण, २०३० को तयारी औपचारिक रूपमा सुरु

दोहा — जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद २०२६ आइतबार समापन भएको छ। समापन समारोहसँगै आगामी २१औँ एसियाली खेलकुदको आयोजक कतारलाई एसियाली खेलकुद परिषद्को झण्डा हस्तान्तरण गरिएको छ। यससँगै दोहा २०३० को आयोजनातर्फ कतारको औपचारिक यात्रा सुरु भएको छ।

नागोयास्थित मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको समापन समारोहमा अध्यक्ष शेख जुआन बिन हमाद अल थानीले २०२६ को एसियाली खेलकुद समापन भएको घोषणा गरेका थिए। त्यसपछि आगामी आयोजक सहर दोहाका प्रतिनिधिलाई एसियाली खेलकुदको झण्डा हस्तान्तरण गरिएको हो।कतारले सन् २०३० मा दोस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि दोहाले सन् २००६ मा एसियाली खेलकुद आयोजना गरेको थियो। २०३० को खेलकुदका लागि कतारले विद्यमान आधुनिक खेल पूर्वाधार तथा खेलस्थलको अधिकतम उपयोग गर्ने तयारी गरेको छ।

यसैबीच, एसियाली खेलकुदलाई ओलम्पिक छनोट प्रतियोगिताका रूपमा समेत प्रयोग गर्ने उद्देश्यले दोहा २०३० लाई २०३१ मा सार्ने विषयमा छलफल भइरहेको छ। आयोजक समितिले भने मिति परिवर्तन भए पनि आवश्यक तयारीअनुसार अघि बढ्न आफू तयार रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
7
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button