बुधबारसम्म वर्षाको सम्भावना
मंगलबार मेघगर्जनसहित पानी पर्न सक्ने

दोहा — कतारको मौसम विभागले अक्टोबर ११ देखि १४ सम्म देशका केही क्षेत्रमा स्थानीय वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। विभागका अनुसार आगामी मंगलबार, अक्टोबर १३ मा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
मौसम विभागका अनुसार कतारमा हाल ‘अल हक्बान’ नामक मौसमी अवस्था देखिएको छ। यो ‘अल वस्मी’ वर्षायाम सुरु हुनुअघिको अवधि हो, जसमा विभिन्न क्षेत्रमा छिटपुट वर्षा हुन सक्छ।
समुद्रको पूर्वी र पश्चिमी तटबाट आउने हावा देशको मध्य भागमा एकआपसमा भेटिँदा स्थानीय वर्षा गराउने बादल बन्न सक्ने विभागले जनाएको छ। यस क्रममा तीव्र गतिमा तल झर्ने हावाका कारण धुलो उड्ने र क्षैतिज दृश्यता घट्ने सम्भावना पनि छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
3
मनपर्यो
10
खुसी लाग्यो
3
दुःख लाग्यो
1
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो