मिलिपोल कतारको ३०औँ वार्षिकोत्सवमा आज ड्रोन शो र आतिशबाजी

दोहा — कतारमा आयोजना भइरहेको सुरक्षा तथा आन्तरिक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी ‘मिलिपोल कतार’को ३०औँ वार्षिकोत्सवका अवसरमा आज राति ड्रोन लाइट शो र आतिशबाजी प्रदर्शन गरिने भएको छ। आयोजकका अनुसार कार्यक्रम अक्टोबर २१, आज राति ९:१५ बजे सुरु हुनेछ।

दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा अक्टोबर २० देखि २२ सम्म सञ्चालन भइरहेको मिलिपोल कतारमा आन्तरिक सुरक्षा, सार्वजनिक सुरक्षा तथा नागरिक सुरक्षासम्बन्धी नवीन प्रविधि र उपकरण प्रदर्शन गरिएका छन्।

यस वर्षको प्रदर्शनीमा २७० भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी छन्। प्रदर्शनीमा सुरक्षा उपकरण, रोबोट, ड्रोन, ड्रोन प्रतिरोधी प्रणाली, सञ्चार प्रविधि तथा सुरक्षा प्रयोजनका सवारीसाधनसमेत राखिएका छन्

मिलिपोल कतार सन् १९९६ देखि आयोजना हुँदै आएको छ। यसको ३०औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष पहिलोपटक विशेष पुरस्कार कार्यक्रम तथा विगत तीन दशकका उपलब्धि समेटिएको प्रदर्शनीसमेत आयोजना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
17
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button