सीलाइनदेखि खोर अल अदाइदसम्म समुद्री किनारको ३० मिटरभित्र गाडी चलाउन प्रतिबन्ध

कतारको आन्तरिक सुरक्षा बल (लेखविया) ले सीलाइनदेखि खोर अल अदाइदसम्म फैलिएका समुद्री तटमा किनारबाट ३० मिटरभित्र सवारीसाधन चलाउन प्रतिबन्ध लगाएको छ। समुद्र तटमा घुम्न आउने मानिसको सुरक्षा र तटीय वातावरण संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो।

लेखवियाको वातावरणीय सुरक्षा समूह र वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयअन्तर्गतको प्राकृतिक आरक्ष विभागको सहकार्यमा यो निर्णय लागू गरिएको हो। सम्बन्धित निकायले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा उक्त तटीय क्षेत्रमा सवारीसाधन चलाउँदा समुद्री किनारबाट कम्तीमा ३० मिटर दूरी कायम गर्नुपर्ने जनाएको छ।

तोकिएको क्षेत्र ।

यो व्यवस्था वन्यजन्तु तथा तिनको प्राकृतिक बासस्थान संरक्षणसम्बन्धी सन् २००४ को कानुन नम्बर १९ अन्तर्गत लागू गरिएको हो। नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जेल सजाय वा १ लाख कतारी रियालसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

सम्बन्धित निकायले सीलाइन र खोर अल अदाइद घुम्न जाने स्थानीय बासिन्दा तथा पर्यटकलाई तोकिएको दूरी कायम गरी नियम पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button