नोभेम्बर महिनामा तेलको मूल्य घटबढ नहुने

दोहा — कतारले नोभेम्बर महिनाका लागि पेट्रोल तथा डिजेलको मूल्य यथावत् राखेको छ। कतार इनर्जीले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार प्रिमियम पेट्रोलको मूल्य प्रतिलिटर १.९५ रियाल, सुपर पेट्रोलको २.१० रियाल र डिजेलको २.०५ रियाल कायम गरिएको छ।
नयाँ मूल्य नोभेम्बर १ देखि लागू हुनेछ। अक्टोबर महिनामा पनि तीनै प्रकारका इन्धनको मूल्य यही दरमा कायम थियो।
कतारमा इन्धनको मूल्य कतार इनर्जीले प्रत्येक महिना अन्तर्राष्ट्रिय बजारको अवस्था तथा अन्य सम्बन्धित सूचकलाई ध्यानमा राखेर निर्धारण गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो