हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा अभ्यास, कतार एयरवेज पनि सहभागी हुने

दोहा, नोभेम्बर २ — कतार एयरवेजले आज सोमबार हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने राष्ट्रिय स्तरको ‘वतन २०२६’ अभ्यासमा सहभागिता जनाउने भएको छ।

एयरलाइन्सका अनुसार अभ्यासमा आकस्मिक परिस्थितिको योजना तथा विमानस्थलको सञ्चालन तयारीसम्बन्धी गतिविधि समावेश हुनेछन्। अभ्यासका क्रममा विमानस्थल परिसर र आसपासको हवाई क्षेत्रमा सामान्यभन्दा बढी गतिविधि देखिन सक्ने जनाइएको छ।

कतार एयरवेजले उक्त अभ्यासका कारण आफ्ना नियमित उडान तथा यात्रु सेवामा कुनै असर नपर्ने र सबै उडान पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ।

“अभ्यासको मुख्य उद्देश्य आकस्मिक परिस्थितिमा सम्बन्धित निकायबीचको समन्वय, तयारी र प्रतिक्रिया क्षमताको परीक्षण गर्नु हो ” एयरवेजले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button