साउदी अरबमा हुने एसियन कप फुटबल प्रतियोगिता २०२७ को अन्त्यतिर सारियो

दोहा— साउदी अरबमा आयोजना हुने तय भएको एएफसी एसियन कप २०२७ फुटबल प्रतियोगिता करिब एक वर्ष पछाडि सारिएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्दै अब खेलहरू डिसेम्बर २३, २०२७ देखि जनवरी २१, २०२८ सम्म सञ्चालन हुने जनाएको छ।

यसअघि प्रतियोगिता जनवरी ७ देखि फेब्रुअरी ५, २०२७ सम्म आयोजना गर्ने तालिका थियो। तर मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण उत्पन्न असाधारण अवस्था, यातायात तथा यात्रा व्यवस्थापनमा देखिएका जटिलता र सम्भावित अवरोधलाई ध्यानमा राख्दै प्रतियोगिताको मिति परिवर्तन गर्ने निर्णय गरिएको एएफसीले जनाएको छ।

एएफसीले साउदी अरबको स्थानीय आयोजक समिति र साउदी फुटबल महासंघसँग विस्तृत छलफल तथा परामर्शपछि प्रतियोगिता सार्ने निर्णय गरेको हो। नयाँ मिति अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को स्वीकृतिका लागि पेस गरिने पनि एएफसीले जनाएको छ।
साउदी अरबले पहिलोपटक आयोजना गर्न लागेको यस प्रतियोगितामा एसियाका २४ राष्ट्रिय टोली सहभागी हुनेछन्। खेलहरू रियाद, जेद्दा र अल खोबरका विभिन्न रंगशालामा सञ्चालन गर्ने तयारी छ।

प्रतियोगिता सारिए पनि आयोजक राष्ट्र साउदी अरब नै रहनेछ। एएफसीले प्रतियोगितामा सहभागी टोली, खेलाडी, अधिकारी, दर्शक तथा अन्य सरोकारवालालाई पर्न सक्ने असर कम गर्न स्थानीय आयोजकसँग सहकार्य जारी राख्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button