कतारभरि भोलि वर्षाका लागि विशेष नमाज पढ्न अमिरको आह्वान

दोहा। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वर्षाका लागि विशेष नमाज (सलातुल इस्तिस्का) भोलि बिहीबार, नोभेम्बर ५ मा देशभर आयोजना गर्न आह्वान गरेका छन्।

वर्षा प्राप्तिका लागि सर्वशक्तिमान अल्लाहसँग प्रार्थना गर्ने उद्देश्यले यो विशेष नमाज पढ्न आह्वान गरिएको हो। अमिर स्वयं पनि लुसैलस्थित नमाज स्थलमा अन्य मुस्लिम धर्मावलम्बीसँगै सहभागी हुनेछन्।

इस्लामिक परम्पराअनुसार वर्षाको आवश्यकता हुँदा वा वर्षा नहुँदा अल्लाहसँग वर्षा र कृपाको याचना गर्दै सलातुल इस्तिस्का पढ्ने गरिन्छ।अमिरको आह्वानअनुसार बिहीबार बिहान कतारका विभिन्न स्थानमा मुस्लिम समुदायले सामूहिक रूपमा उक्त नमाज अदा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button