कतारले थप दुई स्थानलाई आधिकारिक प्रवेश तथा निकास बिन्दुका रूपमा तोक्यो

उम्म अल हौल बन्दरगाह र दुखान एयर बेस विमानस्थल नयाँ सूचीमा समावेश, आन्तरिकमन्त्रीको निर्णय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने

दोहा, कतार — कतारले देशभित्र प्रवेश गर्ने र बाहिरिने आधिकारिक नाकाको सूचीमा थप दुई स्थान समावेश गरेको छ। आन्तरिक मन्त्रालयले जारी गरेको नयाँ निर्णयअनुसार उम्म अल हौल बन्दरगाह र दुखान एयर बेस विमानस्थललाई आधिकारिक प्रवेश तथा निकास बिन्दुका रूपमा तोकिएको हो।

आन्तरिकमन्त्रीको निर्णय नम्बर ४०, सन् २०२६ ले यसअघि जारी गरिएको निर्णय नम्बर ३७, सन् २०२३ का केही प्रावधान संशोधन गरेको छ।

नयाँ व्यवस्थाअनुसार उम्म अल हौल बन्दरगाहलाई समुद्री मार्गबाट कतार प्रवेश गर्ने तथा बाहिरिने आधिकारिक नाकाको सूचीमा थपिएको छ। त्यस्तै, दुखान एयर बेस विमानस्थललाई हवाई मार्गबाट आवतजावत गर्ने आधिकारिक नाकाका रूपमा समावेश गरिएको छ। यो संगै कतारको नाका १२ पुगेको छ ।

आन्तरिकमन्त्रीद्वारा अक्टोबर २१ मा निर्णय जारी

कतारका आन्तरिकमन्त्री महामहिम शेख खलिफा बिन हमद बिन खलिफा अल थानीले सन् २०२६ अक्टोबर २१ मा उक्त निर्णय जारी गरेका हुन्।

यसअघि मन्त्रिपरिषद्को २३औँ नियमित बैठकले सन् २०२६ जुन २४ मा निर्णयको मस्यौदालाई स्वीकृति दिएको थियो।

निर्णयको पहिलो धारामा समुद्री तथा हवाई प्रवेश र निकास बिन्दुको सूची संशोधन गर्दै नयाँ स्थान थपिएको उल्लेख छ।

राजपत्रमा प्रकाशित भएको भोलिपल्टदेखि लागू हुने

निर्णयको दोस्रो धाराअनुसार उक्त व्यवस्था कतारको आधिकारिक राजपत्रमा प्रकाशित भएको भोलिपल्ट अर्थात आज नोभेम्बर ९,२०२६ देखि लागू हुनेछ।

निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित सरकारी निकायहरूलाई दिइएको छ।

कतार सरकारले यसअघि सन् २०२३ मा निर्णय नम्बर ३७ मार्फत देशमा प्रवेश तथा बाहिरिने आधिकारिक नाकाहरू निर्धारण गरेको थियो। नयाँ निर्णयले उक्त सूचीलाई थप विस्तार गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button