आईडी/पासपोर्ट हरायो ? यसरी उजुरी गर्नुहोस्

दोहा। कतारको आन्तरिक मन्त्रालय (एमओआई) अन्तर्गतको राष्ट्रियता तथा यात्रा कागजात विभागले कतारी नागरिकलाई आफ्नो पासपोर्ट वा राष्ट्रिय परिचयपत्र (क्यूआईडी) हराएमा तत्काल मेट्रास एपमार्फत जानकारी गराउन आग्रह गरेको छ।
मन्त्रालयले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै यस्ता महत्त्वपूर्ण कागजात हराएको अवस्थामा ढिलाइ नगरी आधिकारिक रूपमा उजुरी दर्ता गर्नुपर्नेमा जोड दिएको छ।
उजुरी दर्ता गर्न मेट्रास एप खोलेर ‘Citizens’ सेक्सनमा जानुपर्नेछ। त्यसपछि ‘Report Loss of Qatari Documents’ विकल्प छनोट गरी कागजात हराएको देश, हराएको कागजातको प्रकार र आवश्यक विवरण प्रविष्ट गर्नुपर्नेछ।
विवरण भरेपछि सबै जानकारी पुनः जाँच गरी पुष्टि गरेर उजुरी दर्ता गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कागजात हराएपछि सम्बन्धित निकायलाई समयमै जानकारी गराउन र आवश्यक प्रक्रिया पूरा गर्न कतारी नागरिकलाई आग्रह गरेको छ।
उजुरी नगरे के हुनसक्छ ?
१. कानुनी समस्या
कतारको कानुन नम्बर २१, २०१५ को धारा १५ अनुसार विदेशी नागरिकको राहदानी, यात्रा कागजात वा रेसिडेन्सी परमिट हराएमा वा क्षति भएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
धारा ४०(२) अनुसार यस्तो दायित्व पूरा नगरेमा १० हजार कतारी रियालसम्म जरिवाना हुन सक्छ।
यो अधिकतम जरिवाना हो, सबैलाई स्वतः लाग्ने जरिवाना होइन।
२. व्यक्तिगत विवरण दुरुपयोग हुने जोखिम
हराएको राहदानी वा क्यूआईडी अरू कसैले फेला पारेमा वा चोरी गरेमा:
- व्यक्तिगत परिचयसम्बन्धी विवरण दुरुपयोग हुन सक्छ।
नक्कली कारोबार वा ठगीमा विवरण प्रयोग हुन सक्छ। - हराएको कागजात कुनै अनुसन्धानमा जोडिएमा अनावश्यक समस्या आउन सक्छ।
समयमै उजुरी गर्दा कागजात हराएको आधिकारिक अभिलेख तयार हुन्छ।
३. कागजात हराएमा के गर्ने?
- मेट्रास एप वा सम्बन्धित प्रहरी निकायमार्फत तत्काल उजुरी गर्ने।
- उजुरीको पुष्टि वा सन्दर्भ नम्बर सुरक्षित राख्ने।
नयाँ कागजात बनाउने प्रक्रिया अघि बढाउने। - राहदानी हराएको भए आफ्नो देशको दूतावासमा पनि सम्पर्क गर्ने।