कतारमा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गरे १० हजार रियालसम्म जरिवाना, एक वर्षसम्म कैद हुन सक्ने

दोहा। कतारमा पैदलयात्रीले सडक पार गर्दा तोकिएका नियम उल्लङ्घन गरेमा १० हजार कतारी रियालसम्म जरिवाना तथा एक वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ।
हिजो सार्वजनिक गरिएको नयाँ ट्राफिक कानुन २०२६ को नम्बर १९ अनुसार नजिकैको पैदलयात्री क्रसिङ प्रयोग नगरी अन्य स्थानबाट सडक पार गरेमा ६ हजार रियालसम्म जरिवाना वा तीन महिनासम्म कैद अथवा दुवै सजाय हुन सक्छ।
त्यस्तै, पैदलयात्रीका लागि राखिएका ट्राफिक संकेत तथा बत्तीको पालना नगरेमा १० हजार रियालसम्म जरिवाना वा एक वर्षसम्म कैद अथवा दुवै सजाय हुन सक्ने उल्लेख छ।
कतारमा सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न सडक पार गर्दा तोकिएको क्रसिङ प्रयोग गर्न र ट्राफिक संकेतको अनिवार्य पालना गर्न आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
11
मनपर्यो
1
खुसी लाग्यो
5
दुःख लाग्यो
10
रुन मन लाग्यो
1
हाँसो लाग्यो
0
रीस उठ्यो