कतारमा सवारीबाट फोहोर फाल्नेलाई १० हजार रियाल जरिवाना, मिलापत्र रकम २ हजार

दोहा। कतारमा सवारीसाधनबाट सडकमा फोहोर फाल्ने, थुक्ने वा कुनै पनि पदार्थ फाल्ने व्यक्तिलाई १० हजार कतारी रियाल जरिवाना हुने व्यवस्था गरिएको छ। नयाँ ट्राफिक कानुन नम्बर १९, २०२६ अनुसार यस्तो कसुरमा मिलापत्रमार्फत २ हजार रियाल तिर्न सकिने व्यवस्था पनि छ।

कानुनको धारा ६४ को उपधारा १३ मा सवारीसाधन चलिरहेको वा रोकिएको अवस्थामा त्यसबाट सडकमा फोहोर फाल्ने, थुक्ने वा कुनै पदार्थ निष्कासन गर्ने कार्यलाई निषेध गरिएको छ।

उक्त कसुरमा मिलापत्र (सेटलमेन्ट) रकम २ हजार कतारी रियाल तोकिएको छ। तर, मुद्दा अदालतमा पुगेर दोषी ठहर भएमा धारा ११६ अनुसार १० हजार रियाल जरिवाना लाग्ने व्यवस्था छ। यसरी मिलापत्र रकम र अदालतबाट लाग्ने जरिवाना फरक–फरक हुन्।

कानुनअनुसार अन्तिम फैसला भएको मितिपछिको छ महिनाभित्र पुनः यही कसुर गरेमा जरिवाना दोब्बर हुनेछ। अर्थात् दोहोरिएको कसुरमा जरिवाना २० हजार रियाल पुग्न सक्छ।

धारा १२३ अनुसार तोकिएका कसुरमा फौजदारी मुद्दा अघि बढ्नुअघि वा अदालतमा विचाराधीन रहेकै अवस्थामा अन्तिम फैसला हुनुअघि मिलापत्र गर्न सकिन्छ। मिलापत्र भएपछि परिस्थितिअनुसार फौजदारी मुद्दा अघि बढाउन नपाइने वा समाप्त हुने व्यवस्था छ। साथै, उल्लङ्घन दर्ता भएको ३० दिनभित्र मिलापत्र रकम बुझाएमा त्यसमा अधिकतम ५० प्रतिशतसम्म छुट दिन सकिने प्रावधान पनि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button