कतार एयरवेजको टिकटमा २५ प्रतिशतसम्म छुट
'अमेजिङ फ्राइडे’ अफर

दोहा। कतार एयरवेजले आफ्नो ‘अमेजिङ फ्राइडे २०२६’ प्रवर्द्धनात्मक अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत नेपालसहित विश्वभरका १७० भन्दा बढी गन्तव्यका लागि हवाई टिकटमा अधिकतम २५ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अफरमा टिकट बुकिङ नोभेम्बर २३ देखि ३०, २०२६ सम्म गर्न सकिनेछ। यसअन्तर्गत नोभेम्बर २३, २०२६ देखि अक्टोबर ३०, २०२७ सम्मको यात्राका लागि टिकट बुक गर्न सकिनेछ।
योग्य बुकिङमा यात्रुले एकपटक निःशुल्क यात्रा मिति परिवर्तन गर्न सक्ने सुविधा पनि पाउनेछन्। यद्यपि, टिकटको भाडामा हुने अन्तर रकम भने लागू हुन सक्नेछ।
त्यस्तै, कतार एयरवेज होलिडेजमार्फत माल्दिभ्स र थाइल्यान्डका लागि उडान तथा होटल प्याकेजमा पनि विशेष छुट उपलब्ध गराइएको छ। उक्त प्याकेजमा हवाई टिकटको छुटबाहेक अधिकतम ३ हजार कतारी रियालसम्म बचत गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीको आधिकारिक वेबसाइटमार्फत अफरका सर्त, उपलब्ध गन्तव्य र टिकटको मूल्य जाँच गरी बुकिङ गर्न सकिनेछ। छुटको मात्रा गन्तव्य, यात्रा मिति र सिट उपलब्धताअनुसार फरक पर्न सक्नेछ।