काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौँ, मंसिर २९-

काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।

तराईमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button