कतारमा डिजेलको भाउ फेरी बढ्यो,पेट्रोलको यथावत

कतारमा डिजेलको भाउ फेरी बढेको छ । आज अप्रिल १ तारिक शनिबार देखि लागु हुने गरी डिजेलको भाउमा ५ दिराम ले वृद्धि भएको कतारको उर्जा तथा औधिोगिक मन्त्रालयले जनाएको छ । पेट्रोलको भाउ भने यथावत रहेको छ।अब डिजेलको भाउमा ५ दिरामले वृद्धि भई प्रति लिटर १.६० कतारी रियाल पर्नेछ।
९१–अक्टेन प्रिमियम पेट्रोलको भाउ प्रति लिटर १.६० कतारी रियाल र ९५–अक्टेन सुपरको प्रति लिटर १.७० कतारी रियाल यथावत रहेको छ।
गत वर्षको मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । यो संगै कतारमा तेलको भाउ बढेको छैठौ पटक हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो