रमादानको लागि सरकारले कार्य समय तोक्यो

कतारको न्याय तथा मन्त्रिमण्डल मामिला मन्त्रालयले गत बिहीबार सूचना प्रकाशित गर्दै यो वर्षको रमादान महिनाको लागि कार्य समय तोकेको छ।सरकारले यो हप्ता देखि सुरु हुने पवित्र रमादान महिना भर सरकारी कार्यालय,मन्त्रालय,तथा अन्य सरकारी निकायको लागि कार्य समय तोकेको हो।

सूचना अनुसार रमादान १४३९ ए एच महिना अवधिभर आधिकारिक कार्य समय बिहान ९ बजे बाट दिउँसो २ बजे सम्म तोकिएको हो।

निजी संस्थाको लागि

कतारी श्रम कानून अनुसार रमादान महिनामा सुरक्षा गार्ड,अस्पताल जस्ता संवेदनशील क्षेत्रमा कार्यरत कामदार बाहेक रोजा नबस्ने मुस्लिम तथा गैर मुस्लिम सबै कामदारहरूले दिन वा रात गरेर जम्मा ६ घण्टा काम गर्नुपर्ने कतारी श्रम कानूनमा उल्लेख छ।रोजा बस्ने कामदारहरुले भने जम्मा ६ घण्टा मात्र काम पाउनेछन्।यो साविकको कार्य समय भन्दा २ घण्टा कम हो।त्यस्तै अत्यावश्यक कामको स्थितिमा थप २ घण्टा ओभरटाइम दिने हिसाबले निजी संस्थाहरुले कामदारलाई काम लगाउन पाउनेछ।

दिनको जम्मा ६ घण्टा बढी काम लगाई ओभरटाइम नदिएको खण्डमा कामदारले श्रम उजुरी विभागमा गएर निवेदन दिन पाउनेछन् ।

कहाँ उजुरी गर्ने ?

उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :

  • दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग
  • औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
  • अलखोरमा रहेको मन्त्रालयको कार्यालय
  • निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय।

सरकारी केन्द्र बाट उजुरीको समाधान गर्न ढिलासुस्ती भए अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को कार्यालयमा गएर उजुरी दिन सकिनेछ।

कहाँ छ आईएलओको कार्यालय ?

कतार टावर, वेष्ट बे, दफ्ना, बिल्डिङ नम्बर ३५, जोन ६३, स्ट्रीट नम्बर ९२० मा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button