स्थिति घट्दै गएपनी महामारीको अन्त्य भएको छैन : डाक्टर खाल

सावधानी अपनाईएका कारण कतारमा कोभिड -१९ को दैनिक स्थिति घट्दै गएपनी महामारीको अन्त्य भने नभएको हमाद अस्पताल अन्तर्गत सरुवा रोग विभागका प्रमुख अब्दुलतिफ अल खालले बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख खालले अहिले आएर कतारी नागरिक र आप्रवासी व्यबसायीमा भाइरस संक्रमण बढीरहेको जानकारी दिनुभएको छ ।

त्यस्ता वर्गका प्राय व्यक्तिहरु बढी उमेर समुहका संगै श्वासप्रश्वास सम्बन्धी रोग भएका कारण चिन्ताको विषय बनेको उहाँले थप्नुभयो । त्यस्तै मानिसहरुले सावधानीका माध्यम अपनाउन हिच्किचाय महामारीको दोस्रो लहर पनि आउन सक्ने उहाँले बताउनुभएको छ ।

पत्रकार सम्मेलन बाट जारी महत्वपूर्ण जानकारी :
  • कतारमा हामीले कोरोनाभाइरसको उच्च बिन्दु पार गरेका छौ र दिन प्रतिदिन नयाँ संक्रमण हुनेको संख्या घट्दै आइरहेको छ ।
  • भाइरसका कारण अस्पतालमा भर्ना गर्नुपर्नेहरुको संख्या पनि घट्दै गैरहेको छ ।
  • केही हप्ता अगाडि भाइरसको उच्च बिन्दुको समयमा संक्रमित भएका व्यक्तिहरुका कारण अहिले मृत्युदर पनि बढ्दै गैरहेको छ ।
  • अहिलेको समयमा अब अझै सतर्कता अपनाएर बढी उमेर समुहका र पुराना रोग भएकालाई भाइरस बाट बचाउन महत्वपूर्ण रहेको छ ।
  • अहिले हामी भाइरस बाट विभिन्न क्षेत्रमा लागेको प्रतिवन्ध हटाउने क्रमको पहिलो चरणमा छौ । दोस्रो चरणमा जान भाइरसको अवस्था सामान्य बन्दै जान आवश्यक रहेको छ ।
  • महामारी बाट बच्न सबैको उत्तिकै महत्व भएकाले प्रतिवन्ध हट्दै गएपनी हरेक व्यक्तिले सावधानीको उपाय भने अपनाईराख्नु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button