कोरोना अपडेट: ८७४ नयाँ संक्रमित, ३ जनाको मृत्यु , १६,३७७ जनालाई निको हुन बाँकी

कतारमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको छ । फेरी दैनिक जसो ठुलो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् ।
आज अप्रिल २ तारिख शुक्रवार कतारमा थप ८७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आजको यो तथ्यांक सन २०२१ सालकै उच्च हो ।
देशभरका प्रयोगशालामा १५ हजार ०३४ जनाको नमुना परीक्षण गर्दा ८७४ जनामा संक्रमण पुष्टि भएको छ भने ४५९ जना निको भएका छन् त्यस्तै आज थप तीन ५५, ८१, र ८२ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
आज भाइरस देखिएका मध्ये ७१८ जना स्थानीय र १५६ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,८१,६७८ पुगेको छ ।
आज तीनको मृत्यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २९५ बाट २९८ पुगेको छ भने अहिले सम्म कतारमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १,६५,००३ रहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरुले बताएका छन् । त्यसैले कतार सरकारले अघिल्लो शुक्रवारबाट लागुहुने गरी केही क्षेत्रमा थप प्रतिवन्ध लगाएको हो ।
यस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना हुने : २३६ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,६४० जना
आईसीयुमा भर्ना हुने : ३१ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३७९ जना
आज सम्म जाँच भएको संख्या : १७,४९,५०१ जना
अझै १६, ३७७ जनालाई निको हुन बाँकी ।
आज खोप लगाइएको सँख्या : २५,२०९
हालसम्म खोप लगाइएको कुल सँख्या : ८६, ७२०९
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न सकिन्छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?
अब ४० वर्ष भन्दा माथिका व्यक्तिहरुले खोप लगाउन पाउने