आवासीय प्रक्रिया अब नेपालमै गर्न मिल्ने

कतार काम गर्न आउने नयाँ श्रमिकहरुको आवासीय भिषा प्रक्रिया अब सजिलो हुने भएको छ।

आन्तरिक मन्त्रालय र सिंगापुरको कम्पनी बायोमेट बीच आज भएको सम्झौता अनुरुप कतार आउने आप्रवासी कामदारहरुको आवासीय प्रक्रिया स्वदेशमै गर्ने सहमति भएको हो।

सम्झौता अनुसार कामदारले कतार आउनुअघि आफ्नो स्वदेशमा नै मेडिकल चेकअप, बायोमेट्रिक डेटा रेकर्ड, फिंगरप्रिन्ट,काम करारमा हस्ताक्षर लगायतका काम गर्न सक्नेछन्।साथै सो पूरा गरेर कतार आए पश्चात पुनः गर्नु पर्दैन भने उक्त कागजपत्र हमाद विमानस्थलमा जाँचगरि स्वीकृत गरिनेछ।

योजना पहिलो चरण अन्तर्गत कतारमा ८० प्रतिशत भन्दा बढी कामदारको गन्तव्य रहेको नेपाल,भारत,श्रीलंका,पाकिस्तान,बंगलादेश,फिलिपिन्स, इण्डोनेशिया र ट्युनिसिया गरी जम्मा ८ राष्ट्र बाट सुरु गरिने मन्त्रालयले ट्विटर मार्फत जानकारी दिएको छ।

 

त्यस्तै योजना अबको चार महिना भित्र श्रीलंका हुँदै अन्य राष्ट्र बाट सञ्चालन हुनेछ।नेपालको लागि भने निवासी भिसा प्रक्रियाको कार्यालय मन्त्रालयले काठमाण्डौंमा तोकेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button