कडा हावाहुरी र भारी वर्षाको सम्भावना मंगलबार सम्म

कतारको मौसम केही दिनका लागी खराब रहने भएको छ । यहाँको मौसम विभागले आउँदो मंगलबार सम्म कतारको मौसम  खराब रहने जानकारी गराएको  छ । हिजो देशको केही भुभागमा वर्षा भएको थियो ।
मंगलबार सम्म कडा हावाहुरी ,वर्षा का साथ मौसम खराब रहनेछ । साउदी अरेबियाको उत्तरी भागमा कम चापको गहिराई उच्च हुनुका कारण साथै सुडान कम चाप प्रक्रिया अरब पेनिनसुलामा बढ्नका कारण कतारको मौसममा असर पर्न गएको हो ।
देशको विभिन्न भागमा मौसम बदली भई वर्षाको सम्भावना पनि देखिएको हो ।त्यस्तै रातको समयमा जाडो बढ्नेछ । न्युनतम तापक्रम १४ देखि १६ डिग्री सम्म रहनेछ भने उच्च तापक्रम २४ देखि २६ डिग्री सम्म रहनेछ । हावाको गति भने ३४ देखि ४६ किलोमिटर प्रति घन्टा र हावाहुरी को बेला ६४ कि.मी प्रति घन्टा सम्म रहनेछ । आईतबार देखि मंगलबार सम्म भारी वर्षाको सम्भावना बढी रहेको छ ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button