नेपालमा लकडाउन जेठ ५ गते र अन्तर्राष्ट्रिय हवाई उडान बन्द जेठ १८ गतेसम्म लम्ब्याइयो

नेपाल सरकारले लकडाउनको अवधि १० दिन बढाएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउनको अवधि बढाएको हो ।

चैत ११ गतेदेखि जारी लकडाउन भोलि वैशाख २५ गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

त्यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धलाई बढाएर जेठ १८ गते यानी मे ३१ तारिख  सम्म बन्द गर्ने निर्णय गरेको छ ।  यसअघि यो प्रतिबन्ध जेठ २ अर्थात मे १५ तारिख सम्म जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button