कतारमा कोरोना : १८ हजार ८ सय २७ जनालाई निको हुन बाँकी

गत चौबिस घण्टामा देशभर थप ९४९ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,८७,१५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११६२८ जनालाई गरिएको परिक्षणमा आज ९४९ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ८०५ जना स्थानीय र १४४ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
त्यस्तै ५२१ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुने को संख्या १६८००१ रहेको छ ।
कतारमा आज कोरोनाका कारण थप दुई ३४ र ६५ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
बेलायत भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । बेलायत भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । दोस्रो लहरमा संक्रमित भएकामध्ये धेरै लक्षणविहीन छन् । धेरै संक्रमितहरुले आफुमा कोरोना कसरी देखियो अनुमान लगाउन सकेका छैनन् ।
त्यसैले कतार सरकारले भोली शुक्रवारबाट लागुहुने गरी केही क्षेत्रमा थप प्रतिवन्ध लगाएको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
- अस्पताल भर्ना हुने : २४६ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,७४३ जना - आईसीयुमा भर्ना हुने : ३८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४२८ जना - आज स्वाब जाँच गरिएको संख्या – ११,६२८ जना (५६३९ जना नयाँ मान्छेको स्वाब जाँच)
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १७,८६,५१६ जना - निको हुनेको संख्या – ५२७ जना
आज सम्म निको हुनेको संख्या –१,६८,००१ जना - निको हुन बाँकीको संख्या – १८,८२७ (सक्रिय संक्रमित)
- आज मृत्युहुनेको संख्या – २
आज सम्म मृत्यु हुनेको संख्या – ३२२
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।