बिज्ञापन

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं, मंसिर ४-

स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। यसपछि अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाले उम्मेदवारी दिएका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button