हालसम्म कतारमा २९.८ प्रतिशत व्यक्तिले खोप लगाए

स्वास्थ्य मन्त्रालय कोभिड-१९ विरुद्ध राष्ट्रिय खोप अभियान अन्तर्गत कतारको पूरा जनसंख्याका मध्येका हालसम्म २९.८ प्रतिशत व्यक्तिले कम्तिमा पनि खोपको पहिलो डाेज लगाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

खोप अभियान बारे मन्त्रालयले दिएको साप्ताहिक रिपोर्ट अनुसार गएको सात दिनमा १,६८,९२५ डाेज र हालसम्म १,०७९७७६ डाेज खोप वितरण भैसकेको छ ।

त्यस्तै ६० वर्ष भन्दा माथिका जम्मा ७९.८ प्रतिशत , ७० वर्ष भन्दा माथिका ७८.३ र ८० वर्ष भन्दा माथिका जम्मा ७७.२ प्रतिशत व्यक्तिले हालसम्म कम्तिमा पहिलो डाेजको खोप लगाइसकेको मन्त्रालयले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button