बिज्ञापन

नेपाल आइडलका निर्देशक पौडेल सहितको प्राविधिक टोली कतारमा

उत्तम भट्टराई

नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहामा हुंदैछ ।

एपी वन टेलिभिजन बाट प्रसारित अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आईडलको ग्राण्ड फिनाले यही सेप्टेम्बर २२ तारिखमा हुंदैछ । ग्राण्डमलको एम्पिथिएटर मा हुने ग्राण्ड फिनालेको तयारीका लागी नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको ६ जनाको टोली हिजो साँझ बिहीवार कतार आइपुगेको हो ।

टोलीमा निर्देशक पौडेल सहित कार्यक्रम उद्घोषक सुशिल नेपाल, क्यामेरा हेड शिवराम श्रेष्ठ, आइटी हेड धनञ्जय आचार्य, लाईट डिजाइनर पंकज बिक सहितको टोली दोहा आईपुगेको हो ।

दोहाको हमद अन्तराष्ट्रिय विमानस्थलमा एभरेष्ट नेपाल युथ एसोसिएसनका अध्यक्ष उत्तम गुरुङ सहितको टोलिले स्वागत गरको थियो । नेपाल आइडलको टोली कार्यक्रम फिनाले भन्दा ९ दिन अगाडी तयारीका लागी कतार आएको हो । आफ्नो छोटो भनाई राख्दै नेपाल आइडलका निर्देशक पौडेलले नेपाल भन्दा बाहिर आएर कार्यक्रम गर्नुपर्ने भएकोले आफुहरु केही दिन अगाडी नै आएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!