भाइरस प्रतिवन्ध फुकुवा : सेप्टेम्बर देखि के-के खुल्ने ?

कोरोनाभाइरसको कारण कतारको विभिन्न क्षेत्रमा लागेको प्रतिवन्ध क्रमश हट्ने क्रममा चौथो तथा अन्तिम चरण आउने महिना देखि सुरु हुँदैछ । विपत्ती व्यवस्थापन समितिले चौथो चरण दुई भागमा विभाजन गरिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो भाग सेप्टेम्बर १ देखि र अवस्था सोचे जस्तो सामान्य बन्दै गए दोस्रो भाग सेप्टेम्बर महिनाको तेस्रो हप्ता देखि लागू गरिने समितिले जनाएको छ ।
भाइरस विरुद्धको सावधानीको उपाय अपनाउदै स्थिती भयावह हुन बाट रोक्ने सम्पुर्ण नागरिक तथा आप्रवासीमा समितिले धन्यवाद व्यक्त गरेको छ र उपयुक्त खोप उपलब्ध नभएसम्म सावधानी अपनाउन अझै निरन्तरता दिन समितिले आग्रह गरेको छ ।
चौथो चरण अन्तर्गत पहिलो भागमा के- के खुल्ने ?
० सावधानीका उपायहरू अनुसरण गर्दै दैनिक तथा शुक्रवारको प्रार्थनाका लागि देशभरका सबै मस्जिदहरू पुन: खुल्ने । शौचालय र हातखुट्टा धुने सुविधा भने बन्द हुने।
० मन्त्रिपरिषद्को निर्णय जारी राख्दै सार्वजनिक तथा निजी क्षेत्र दुबैमा अधिकतम ८० प्रतिशत कर्मचारीलाई मात्र काम गर्न दिइने,बाँकीले घर बाटै काम गर्नुपर्ने ।
० घर भित्र बढीमा १५ जना र खुला क्षेत्रमा ३० जना भन्दा बढी भेला हुन नपाउने ।
० इन्डोर विवाहमा ३० जना सम्म र बाहिरी विवाह कार्यक्रममा ४० जना भन्दा बढीले सहभागिता जनाउन नपाउने । एह्तेराज एपको प्रयोग,प्रत्येक टेबलमा ५ जना भन्दा बढी बस्न नपाउने,टेबलहरुको दुरि कम्तिमा २ मिटरको फरकमा हुन पर्ने भेटघाटको बेला हात मिलाउन वा चुम्बन गर्न नपाउने । विवाह स्थलको व्यवस्थापन विभागले जम्मा भएका मानिसहरुको सम्पर्क नम्बर राख्नुपर्ने ।
० सावधानीको उपायहरु अपनाउदै सिनेमा घर तथा थिएटर ३० प्रतिशतले खुल्न पाउने । १८ वर्ष भन्दा मुनिकालाई प्रवेशमा रोक लगाउनुपर्ने ।
० प्लेग्राउन्ड तथा आराम सेन्टर भने बन्द रहने ।
० राष्ट्रिय पर्यटन परिषदले घोषणा गर्ने कार्यविधि अनुसार ३० प्रतिशत क्षमताको साथ स्थानीय प्रदर्शनीहरूलाई अनुमति दिईने ।
० यातायात तथा सञ्चार मन्त्रालयले घोषणा गर्ने प्रक्रिया बमोजिम ३० प्रतिशत क्षमतासहित मेट्रो तथा सार्वजनिक यातायात सेवाहरू पुनः सुरु गरिने।
० कामदार सहित ३० प्रतिशत क्षमताले निजि डुङ्गा चलाउन पाउने ।
० ड्राइभिङ स्कुलहरु ५० प्रतिशतले खुल्न पाउने ।
० घर तथा बाहिरी कार्यस्थलमा सरसफाई तथा हस्पिट्यालिटी सेवा ३० प्रतिशत क्षमताले गर्न पाउने ।
० निजि स्वास्थ्य संस्थाहरु पुर्ण रुपले खुल्न पाउने ।
० विदेश यात्रा नीति यथावत रहने । स्वास्थ्य मन्त्रालयले कम प्रभावित देशहरुको सुची अपडेट गर्दै लाने ।
० समर क्याम्प बन्द गर्ने निर्णय यथावत रहने । सार्वजनिक पार्कमा खेलकुदका समान प्रयोग गर्न नपाउने ।
० इन्डोर खेलकुद गतिविधिमा २० प्रतिशत दर्शक र बाहिरी खेलकुद गतिविधिमा ३० प्रतिशत दर्शक उपस्तिथि हुन पाउने ।
० ५० प्रतिशत क्षमताले पुरानो समय अनुसार मल सन्चलालन गर्न पाउने । ३० प्रतिशत क्षमताले मलहरुमा रहेका फुड कोर्ट खोल्न पाउने । बालबालिका पनि ल्याउन पाउने ।
० घर घरमा पुगेर गरिने मसाज,ब्युटी,सैलुन र फिटनेस ट्रेेेेेेनिङ सेवा अझै बन्द रहने ।
० देशभरका म्युजियम तथा सार्वजनिक लाइब्रेरी सेवा पुर्ण रुपमा खुल्ने ।
० प्राइभेट शिक्षा तथा ट्रेेेेेेनिङ सेन्टर ५० प्रतिशतले खुल्न पाउने ।
० हेल्थ क्लब,जिम सेन्टर तथा सार्वजनिक स्विमिङ पुल ५० प्रतिशतले खुल्न पाउने । स्वीकृति प्राप्त स्थानमा सौना,इन्डोर स्विमिङ पुल र मसाज सेन्टर ३० प्रतिशतले खुल्न पाउने ।
० शुक ७५ प्रतिशत र होलसेल मार्केट ५० प्रतिशतले संचालन गर्न पाउने । रेस्टुरेन्टमा ३० प्रतिशतले ग्राहक थप्न पाउने ।
त्यस्तै अर्को भाग लागू गर्ने वा प्रतिवन्ध थप्ने पछिल्लो स्वास्थ्य स्थिती अनुसार तय गरिने समितिले बताएको छ ।