बिज्ञापन

हिमताल फुट्दा करोडौंको क्षति, मकालु जाने बाटो बन्द

मकालु हिम श्रङखला अन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि विचबाटोमै अलपत्र परेका छन् ।
स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोड बगाएको बताउनुभयो । बाढीले मकालु वालाखर्कका रिन्जी शेर्पाको करिव दुई दर्जन बढी याक र चौरी बगाए अनुमान छ । बाढीले बाटो बगाए पछि मकालु हिमाल आरोहण र अवलोकनका लागि पुगेका पर्यटक अलपत्र परेका छन् । पर्यटन विभागमा ६ जना आरोहीले मकालु आरोहण आरोहणका लागि अनुमती लिएका छन् ।जाने बाटो नभए पछि यस बर्ष मकालु हिमाल आरोहण समेत रोकिन सक्ने स्थानीय छेपाल शेर्पाको भनाई छ ।

२०५० सालमा विष्फोटन भएको यो ताल बार्षिक रुपमा सामान्य बिष्फोट हुने गरेको शेर्पाले जानकारी दिनुभयो । बाढीले होटल बगाउदा छेपाल शेर्पाको मात्र करिव एक करोड बरावरको धनमाल बगाएको निकुन्जको प्रारम्भीक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button