बिज्ञापन

वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए

काठमाडौँ, जेठ ५-

वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त सङ्ख्यामा बिरुवा रोपिएका हुन् ।

आज यहाँ वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको जानकारी दिनुभयो । “नदीका किनारमा देखिएका रुखहरु हामीले हुर्काएका हौँ”, उहाँले भन्नुभयो, “बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ । मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन ।”

सफाइ महाअभियानलाई यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको पूर्वमुख्यसचिव पौड्यालले बताउनुभयो । उहाँका अनुसार हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहर उठाइसकिएको छ । उहाँले सफाइ अभियानकै दबाबमा बालुवा चोरीनिकासी पूर्णरुपमा बन्द भएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा फोहर गर्ने संस्कारको अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी तपाईंहरूले सफाइ अभियानमा समय दिनुभएको छ यो सहभागिताले निरन्तरता पाइराख्नुपर्छ । वाग्मती सफाइमा राज्यका सम्बन्धित निकायले व्यवहारिक योजना बनाउन आवश्यक छ ।”

मन्त्री तामाङले नागरिकमा अभियानका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद सोविता गौतमले मानव सभ्यताको विकास नै नदीबाट भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहरको उचित व्यवस्थापनका लागि कुहिने र नकुहिने छुट्याउने, जथाभावीरुपमा फोहर नफाल्नेलगायत विषयमा जनचेतना जनाउनु आवश्यक छ । मेरो सक्रिय जीवनमा नदी र प्रकृतिबारे आवाज उठाइराख्नेछु ।”

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले वाग्मतीलाई ढलमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “वाग्मतीलाई ढल मुक्त बनाउने चुनौती छ । वाग्मतीको व्यवस्थापनका लागि ‘कोरिडोर’ निर्माण गरी ट्राफिक व्यवस्थापन सहज बनाएका छौँ”, उहाँले भन्नुभयो, “ढल मिसिने खोलामा पानी कसरी बढाउने भन्ने चुनौती छ । ढल प्रशोधन गर्न प्रविधि परीक्षण भइरहेको छ ।”

वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि सुरु भएको हो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ थालिएको अभियानको यो ५७५औँ साता हो । तिलगङ्गा आँखा अस्पताल नजिक आज भएको सफाइमा दुई सय अभियान्ताको सहभागिता रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button