बिज्ञापन

मदन-आश्रितको निर्ममतापूर्वक हत्या गरिएको थियो, हामीले अपराधी खोज्न सकेनौँः झलनाथ खनाल

काठमाडौं, जेठ ३-

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रितको निर्ममतापूर्वक हत्या गरिएको बताएका छन् । ३१औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेताद्वयको रहस्यपूर्ण रूपमा हत्या गरिएको दाबी गरे ।

“कैयौँ मानिसले दुर्घटना भन्दै गइरहेका छन्, ३० वर्ष भयो । तर, त्यो निर्मतापूर्वक गरिएको हत्या हो । ३० वर्षपछि होस् कि १०० वर्ष होस्, अपराध अपराध नै हो,” उनले भने, “तर, हामीले ती अपराधी खोज्न सकेनौँ ।”

मदन–आश्रितको पहिले नै हत्या गरी शव पानीमा हालिएको उनले जिकिर गरे । उनले छानबिन गर्नेहरूले गाडी चालक अमर लामाबाट तथ्य निकाल्न नसकेको आरोप पनि लगाए ।

“अमर लामालाई सबै कुरा थाहा थियो । छानिबन भए । कसैले पनि उसबाट त्यो कुरा केलाउन सकेनन्,” उनले भने, “अरू कसैले गरायो होला,” उनले भने । उनले अहिले पनि दुर्घटनामा निधन भएको भन्न विवश भएको उल्लेख गरे । हत्याका बारेमा सत्यतथ्य खोजिनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिस्ट आन्दोलनमा मदन–आश्रितले गरेको योगदानलाई सही ढंगले अघि बढाउनुपर्ने बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button