बिज्ञापन

अझै कतार फर्कन नपाईने

बिदामा नेपाल गएका तर कोभिड १९ को महामारीको कारणले फसेका कामदारहरु अगस्ट महिनाभर कतार फर्कन नपाउने भएका छन् ।

सरकारी सञ्चार कार्यालयले  आज जारी गरेको भाइरस बाट कम प्रभावित देशहरुको सूचीमा नेपाल,भारत,बाङ्लादेश र पाकिस्तान जस्ता देशहरुको नाम समावेश गरिएको छैन । यसको मतलब कतार फर्कन नेपालीहरुले अझै अर्को महिना सम्म पर्खनुपर्ने देखिएको छ । त्यस्तै सरकारले पछिल्लो अवस्था हेरेर हरेक दुई हप्तामा सूची फेरबदल गर्न सक्ने बताएको छ ।

कतार फर्कन पाउने सूचीमा परेका देशका नागरिकहरुले कतार आउनुपुर्व ४८ घन्टा सम्म मान्य हुने भाइरस जाँचको नेगेटिभ रिपोर्ट , कतार आइसकेपछि आफ्नै खर्चमा १४ दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने सहमति र एह्तेराज एपको प्रयोग गर्नुपर्ने जस्ता मापदण्ड सरकारले तोकेको छ ।

अगस्ट महिना देखि कतार फर्कन पाउने देशहरूको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button