विश्वकर्मा समाजले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने

विश्वकर्मा पूजाको अवसर पारेर कतारमा स्थापित भएको विश्वकर्मा समाजले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
कार्यक्रम आउँदो शुक्रबार सेप्टेम्बर १५ तारिख सनैयास्थित दल्ला ड्राइभिङ एकेडेमीमा दिउँसो १२ बजे बाट हुने भएको छ।शुभकामना आदानप्रदान सँगै कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय लोक दोहोरी गायक सुजन बराइली र राजन भुजेलको सँगै स्थानिय कलाकारको समेत प्रदर्शन रहनेछ।
कार्यक्रम बारे थप जानकारीको लागि ७७४०९५७९ , ३३५३०२५ , ७४४९९५६८ ,६६९६७८९४ , ३१४११३००, ५५०२८१८५, ३३४७४७८१ नम्बर हरुमा सम्पर्क गर्न सकिनेछ।
