३०३ नेपाली स्वदेश फर्किए

कतारबाट आज ३०३ नेपाली स्वदेश फर्किएका छन् ।
पहिलो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सले आज आफ्नो चौधौं उडान बाट १० महिला सहित १४२ जनालाई स्वदेश लगेको छ । एयरलाइन्सले विभिन्न कारणले मृत्यु भएका दुई नेपालीको शव पनि लगेको छ । त्यस्तै हिमालय एयरलाइन्सले २ महिला सहित १५४ जनालाई नेपाल लगेको छ ।
आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् ।
यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
दूतावासको प्रक्रिया मार्फत आज पनि दुईवटा उडानहरु हुँदैछ । यता नाम निस्किए पनि हिजोआज टिकट नपाईने गुनासो बढ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो