गल्फ कप : आज कतार र युएई भिड्दै

कतारमा आयोजना भैरहेको २४ औ अरबियन गल्फ कप अन्तर्गत आज समुह चरणको अन्तिम चार खेलहरु हुँदैछ । समुह `ए´ तर्फ ५:३० मा युएई र कतार र ८ बजे कुवेत र बहराइन बिचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ । त्यस्तै अब्दुलाह बिन खलिफा रंगशालामा ५:३० बजे इराकले यमनको र ८ बजे ओमानले साउदी अरेबियाको सामना गर्दैछ ।

कतार विरुद्ध युएई

यसअघिको खेलमा कतार इराक संग २-१ ले पराजित भएको र यमनलाई ६-० हराएको थियो । त्यस्तै युएईले यमनलाई ३-० ले  जितेको र इराक संग २-० ले पराजित भएको थियो। कतारका प्रशिक्षक फेलिक्सले समर्थनका लागि आज खलिफा रंगशाला हाउसफुल गर्न सबैमा आग्रह समेत गरेका छन् । सेमिफाइनल प्रवेश गर्न कतारले आज कम्तिमा पनि बराबारी खेल्नुपर्नेछ ।

कतार र युएई यसै वर्ष एसियन कप च्याम्पियनसिपको सेमिफाइनलमा आमनेसामने भएको थियो । जसमा कतारले ४-० को जित हात पारेको थियो ।

टिकट कसरी लिने ?

जारी गल्फ कप हेर्न टिकट १०,३० र ५० रियालमा विभाजन गरिएको छ । प्रतियोगिताका लागि अनलाइन टिकट www.gulfcup2019.com र  शौक वकिफ,भिलाजियो मल ,कतारा ,मल अफ कतार र दोहा फेस्टिभल सिटीमा बेलुका ४ देखि राति १० बजे सम्म लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button