बिज्ञापन

BREAKING NEWS : रवि लामिछानेसहित तीन जना रिहा

पत्रकार शालिकराम पुडासैनी आत्म हत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले रवि लामिछाने ५ लाख धरौटीमा रिहा गरेको छ ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

 पुडासैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने, विदेश जान अदालतको स्वीकृती लिनुपर्ने

शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती लिनुपर्नेछ ।

पहिलो तारेख असोज ५ मा

चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ । आज चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो ।

– नारायणी अन्लाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button