कतार राष्ट्रिय म्युजियम खुला रहने समय बढ्यो

हप्ताको अन्त्यमा व्यापक चापका कारण कतार राष्ट्रिय म्युजियम (एनएमवक्यु ) खुला रहने समय बढेको छ । हिजो अप्रिल १८ बाट लागू हुने गरि बिहिबार,शुक्रबार र शनिबार खुला रहने समय बढेको हो । नयाँ समय अनुसार रमादान महिना  सुरु नहुन्जेल सम्म म्युजियम बेलुका ९ बजे सम्म खुल्नेछ ।

एनएमवक्युको अनुसार बिहिबार र शनिबार म्युजियम बिहान ९ देखि बेलुका ९ बजे सम्म खुला रहनेछ । शुक्रबार भने म्युजियम दिउसो १:३० बजे खुल्नेछ । त्यस्तै पार्किंग र प्रवेश समय बेलुका ७ बजे बन्द हुनेछ । प्रवेशका लागि अन्तिम टिकट बेलुका ७:३० बजे दिइने र म्युजियम बेलुका ९ बजे बन्द हुनेछ ।
साधारण दिनमा (आइतबार – बुधबार) म्युजियम बिहान ९ देखि बेलुका ७ बजे सम्म खुला रहनेछ । पार्किंग र प्रवेश समय बेलुका ५:३० बजे बन्द हुनेछ । प्रवेशका लागि अन्तिम टिकट बेलुका ६ बजे दिइने र म्युजियम बेलुका ७ बजे बन्द हुनेछ ।

अप्रिल २० बाट शनिबार भने परिवारका लागि मात्र म्युजियम खुल्नेछ । रमादानको महिनामा म्युजियम हप्ताभर बिहान ८ देखि राति १२ बजे सम्म खुला रहनेछ ।
म्युजियम प्रवेशका लागि कतारी आइडी भएकाहरुलाई निशुल्क रहेको छ । बाँकी लाई भने प्रवेश शुल्क ५० कतारी रियाल रहेको छ ।

कतारको राष्ट्रिय संग्रहालयको बारेमा जान्नुपर्ने कुराहरु

१. कतार राष्ट्रिय संग्रहालय मरभूमिमा हावाको कारण बालुवामा बन्ने गुलाफको आकार अनुरुप डिजाइन गरिएको हो । यसलाई अवार्ड विजेता जिन नाेउवेलले डिजाइन गरेका हुन् ।

२. संग्रहालयको उद्घाटन मार्च २७ तारिख अमिर शेख तमिम बिन हमाद अल थानीले विशिष्ट व्यक्ती,कुटनीतिज्ञ,कलाकार,पत्रकार लागयतको उपस्थितिमा उद्घाटन गर्नुभएको हो।

३. सर्वसाधारणलाई मार्च २८ तारिक बाट खुला गरिएको संग्रहालय अवलोकन गर्न कतारी आइडी भएकाहरुलाई निशुल्क र नहुनेलाई ५० रियाल टिकट राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button